‘नेपाल आउने अधिकांश पर्यटक ठमेलमा’
काठमाडाैं | असोज १२, २०७९
काठमाडौँ: विश्व पर्यटन दिवसका अवसरमा काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पदयात्रा गरिएको छ ।
ठमेल पर्यटन विकास परिषद्ले विभिन्न सङ्घ संस्थाको सहकार्यमा आज सञ्चयकोष–ज्याठा–जेपी मोड–चाक्सिबारी–सातघुम्ती–पिपलबोट– अस्कल क्याम्पस हुँदै सञ्चयकोष भवनसम्म पदयात्रा गरेको हो ।
कार्यक्रममा परिषद्का अध्यक्ष भविश्वर शर्माले कोरोनाबाट थला परेको पर्यटन क्षेत्रलाई पुनउत्थान गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “नेपालमा आउने अधिकांश पर्यटक ठमेल घुम्न आउँछन्, पर्यटकलाई नेपालको बारेमा सकारात्मक सन्देश दिन आज दिनभरि विभिन्न कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउँछौँ”, उहाँले भन्नुभयो । ठमेल क्षेत्रमा एक सिजनमा सातदेखि १० हजार पर्यटक आउने उहाँको भनाइ छ ।
ठमेल पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसर पारेर आज दिनभर चोकचोकमा विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गर्नुका साथै आज साँझ सुकुल भोज तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । वरिष्ठ पर्यटन व्यवसायी केशव पाण्डेले पर्यटन क्षेत्रको विकास भएमात्र देशको विकास हुने बताउनुभयो ।
पोखरा: पद्यमाप्रेम थिएटरको प्रस्तुति नाटक “मृत्यु यस्तो हुनु हुँदैन” पोखरा थिएटर, गैह्रापाटनमा पौष २४ गतेदेखि २७ गतेसम्म मंचन भइरहेको छ । साबित्रा पाठक (सबु) को लेखन तथा पंच सुब्...
पोखरा: १४ औं पोखरा महोत्सव भब्य र सभ्य बनाउन पोखरामा रहेका विभिन्न संघ संस्थाले साथ दिने भएका छन । आगामी पुषको २९ देखि माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महो...
काभ्रेपलाञ्चोक: पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ ...

